गोरखाको फुजेलमा करेण्ट लागेर बिजुलीको पोलमै झुण्डिए भुवन, घटनास्थलमै मृत्यु

पोखरा, बैशाख ११ ।
गोरखामा बिजुलीको काम गर्ने एक जना प्राविधिकको बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु भएको छ । गण्डकी गाउँपालिकास्थित फुजेल चमतीका भुवन अधिकारीको पोलमा चढेर काम गर्ने क्रममा एक्कासी प्रवाह भएको करेन्टबाट मृत्यु भएको हो ।

पोलमा काम गरिरहँदा कसैको लापर्बाहीको कारण करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताएका छन् । उनको शव पोलमा झुन्डियको अवस्थामा प्रहरीले निकालेको थियो ।