गुण्डा नाईके गणेश लामा पक्राउ

पोखरा, फागुन ३० ।
गुण्डा नाईके गणेश लामा पक्राउ परेका छन् । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे ।
यद्यपि, गोली कसलाई लाग्यो भन्ने बारे प्रहरीले खुलाइएको छैन । लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।