गुडिरहेको बसको टायर फुस्किँदा १२ जना घाईते, ३ गम्भीर

पोखरा, असोज २५ ।
पोखराबाट सुनौलीका लागि छुटेको बस स्याङजामा दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । पुतलिबजारको बगालेथोकमा लु १ ख ४८७७ नम्बरको बसको टाईरेट (चक्का घुमाउने डण्डी) फुस्कीएको हो ।

दुर्घटनामा १२ जना घाईते भएका छन् । उनीहरुको स्याङजाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाईते ३ जनाको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । बस प्रहरीको नियन्त्रणमा छ ।