गाडी नदीमा खस्दा १२ जनाको मृत्यु !

एजेन्सी, भदौ १९ ।
गाडी नदीमा खस्दा भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक सय मिटर माथिबाट नदीमा खसेको हो । दुर्घटनामा परेको सवारी साधनमा १५ यात्रु थिए । घाइते तीन जनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई स्थानीयको सहयोगमा घटनास्थलबाट उद्धार गरिएको थियो ।