गाउँपालिका अध्यक्षको अश्लील फोेटो भाइरल

डोेटी, असोज २५ ।
बुधबार बिहानैदेखि एक जनप्रतिनिधिको सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सेल्फीमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको अवस्था भने अश्लील छ । यसरी तस्वीर भाइरल भएपछि अध्यक्ष ओझाले सो तस्वीर आफ्नै रहेको स्वीकार गरे । उनले भने, ‘मेरा विरोधीले मलाइ सिध्याउन यस्तो गरेका हुन् ।’

यसबारे कुरा गर्दा उनले आफू सधै यस्तै भएको बताए । उनले भने, ‘मेरै पार्टीका मान्छेहरु लागेका हुन्।’ ओझा तत्कालीन एमाले हालको नेकपाबाट विजयी अध्यक्ष हुन् । को–को लागे विरोधमा भन्ने प्रश्नमा ओझाले भने, ‘म कसैको नाम लिन चाहन्न तर, मेरै पार्टीका मान्छेहरु लागेका छन् । उनीहरुले काँग्रेसका मान्छेलाई पनि दिए (अश्लिल तस्वीर) । तर, यो तस्वीरले आफूलाई केही फरक नपार्ने उनको भनाइ छ ।

उनले यो तस्वीर दुई वर्षपहिला आफु विरामी हुँदा काठमाडौंमा लिइएको दावी गरे । तर, तस्वीर उनले आफै होटलको कुनै कोठामा लिएको जस्तो देखिन्छ । तस्वीर हेर्दा विरामी जस्तो देखिँदैन त भन्ने प्रश्नमा उनले भने, ‘यो सबै विरोधीले गरेका हुन्, तिनीहरुले केही गर्न सक्दैनन् ।’

यो तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाउने विरुद्ध प्रहरीमा उजुरी पनि नगर्ने उनले बताए । सामाजिक सञ्जालमा भने यो तस्वीर अध्यक्ष ओझाले एक युवतीलाई मोबाइलमा पठाएको चर्चा छ ।
डिसी नेपालबाट