गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख घुससहित पक्राउ, भ्रष्टाचार मुद्धा दायर

पोखरा, पुस ३ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. तारानाथ पौडेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । डा. पौडेलले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो । डा. पौडेलले स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह खुलातर्फ अहेब पदको लिखित परीक्षामा उत्तीर्ण भएका परिक्षार्थीलाई अन्तर्वार्तामा उत्तीर्ण गराइदिन्छु डा. पौडेलले एक लाख घुस लिएको ठहर अख्तियारले गरेको छ ।

डा. पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम भ्रष्टाचार गरेको अख्तियारले विशेष अदालतमा दर्ता गराएको आरोप पत्रमा उल्लेख छ । डा. पौडेललाई बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को (ग) बमोजिम सजाय माग दाबी गरिएको छ ।