गण्डकी सरकार र पोखरा महानगरलाई पेमा छाल शाक्य गुम्बाको आर्थिक सहयोग

पोखरा १० वैशाख ।
पोखराको हेम्जामा रहेको पेमा छाल शाक्य गुम्बाले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना विपद ब्यवस्थापन कोषका लागी आर्थिक सहयोग गरेको छ । प्रदेश सरकार र महानगरलाई गुम्बाले जनही ५५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको हो ।

गुम्बाका लामा गुरुङ टासी आङग्यालले गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र पोखरा महानगरपालिकाका उप मेयर मन्जुदेवी गुरुङलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।
गुम्बाका लामा गुरु टासी आङग्याल र गण्डकी प्रदेश सभा सदस्य माननीइ इन्द्रधारा विष्ट सहितको टोलीले गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको निवासमा पुगेर र पोखरा महानगरका उपमेयर मन्जुदेवी गुरुङलाई महानगरमा पुगी सहयोग स्वरुप चेक हस्तान्तरण गरेका हुन ।

विपद व्यवस्थापनका लागी सहयोग रकम हस्तान्तरण गर्दै पेमा छाल गुम्बाका लामागुरु टासी आङग्यालले कोरोना भाइरसले आक्रान्त परेको समयमा दैनिकी गुजार्न कठिन विपन्न परिवारलाई एकद्धार प्रणालीबाट राहत वितरण होस भन्ने उद्देश्यका साथ महानगरलाई रकम हस्तान्तरण गरेको बताए ।‘धेरै नभएपनि केही टेवा होस् भनेर सहयोग गरेका हौं, लामागुरु आङ्गेलले भने, ‘दैनिक ज्याला मजदुरी गरेर चुल्हो बाल्ने परिवारलाई विशेष ध्यान दिनुपर्छ ।’

सो अवसरमा संघीय सांसद प्रेम तुलाचन तथा गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टको समेत सहभागिता रहेको थियो । पेमा छाल शाक्य मोनास्टिक इन्टिच्यूटले यसअघि २०७२ सालको गएको विनाशकारी महाभुकम्प पिडितका लागि आर्थिक सहयोग गरेको थियो ।