गण्डकी सरकारले हावाहुरी पीडितलाई १ करोड सहयोग गर्ने

पोखरा, चैत २८ ।
गण्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले पीडितको घर निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

विपद ब्यवस्थापन कोषबाट खर्च हुने गरी २ नम्बर प्रदेश सरकारको खातामा रकम जम्मा गरिने सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए ।

सरकारले बर्खा अघि नै सबै पीडितको आवास निर्माण गरिसक्ने गरी नेपाली सेनालाई जिम्मा दिएको छ । सोही काममा सहयोग पुग्ने गरी प्रदेशले सहयोग गर्न लागेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बताउनुहुन्छ । अरु प्रदेश सरकारले पनि हुरी पीडितको आवासमा सहयोग पुग्ने गरी रकम पठाएका छन् ।