गण्डकी सरकारले बाँड्यो करिब १ करोड

पोखरा, माघ २९ ।
गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई करिब १ करोड रुपैयाँ बाँडेको छ । सरकारले निवेदनका आधारमा विभिन्न ७ वटा संघ सस्था र केही समयअघि निधन भएका गण्डकी प्रदेशका सांस टेकबहादुर घर्तीको परिवारलाई समेत गरी ७९ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

सबैभन्दा धेरै नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशनलाई २३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । यस्तै पोखरा थिएटरलाई १५ लाख, पर्यटकीय क्षेत्र गजेन्द्र मोक्ष धामलाई १० लाख रुपैयाँ, सहारा एकेडेमी, म्याराथुन दौड र गण्डकी बहिरा संघलाई २–२ लाख र दृष्टिविहीन क्रिकेट खेलाडीलाई सम्मान गर्न ५ लाख रुपैयाँ दिने निर्णय भएको चुमानले जानकारी दिए ।

२ महिना निधन भएका प्रदेशसभाका सांसद टेकबहादुर घर्तीमगरको परिवारलाई पनि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको उनले बताए । घर्तीको मंसिर अन्तिम साता जण्डिसका कारण भारतमा उपचारकै क्रममा मृत्यु भएको हो ।