गण्डकी सरकारले दियो स्थानीय तहलाई साढे ३ करोड

पोखरा, जेठ ७ ।
गण्डकी प्रदेश सरकारले कोभिड नियन्त्रण र उपचारका लागि सहयोग पुग्ने गरी स्थानीय तहलाई बजेट निकासा दिएको छ । ८५ मध्ये ७२ पालिकालाई ५ लाखका दरले रकम दिने निर्णय गरिएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एकै पटक ३ करोड ६० लाख स्थानीय तहमा निकासा दिने निर्णय गरेका हुन् ।

यो रकमले स्वास्थ्य पूर्वाधार विकास गर्नुपर्छ । कार्यभार सम्हाल्दै गुरुङले कोभिडको दोश्रो र तेश्रो लहरको खोप र अक्सिजन प्लाण्ट जडानमा जोड दिन कर्मचारीलाई निर्देशन दिए । अरु पालिकालाई पनि आवश्यक्ता अनुसार माग भए बजेट उपलब्ध गराउन सकिने उनको भनाई छ । गुरुङले केहि समय अघि सामाजिक विकास मन्त्रालयबाट छुट्याएर स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका थिए ।