गण्डकी प्रादेशिक क्रिकेट संघमा प्रजु

 

पोखरा, साउन १७ ।

 

गण्डकी प्रादेशिक क्रिकेट संघमा देवेन्द्र प्रजू अध्यक्षमा सर्वसम्मत भएका छन् । उनी लामो समय कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष समेत रहेका थिए ।

उपाध्यक्षमा दिपक पोखरेल(स्याङजा), सचिवमा सुमनराज कार्की(तनहुँ), कोषाध्यक्षमा प्रकाश पौडेल (नवलपुर) रहेका छन् ।

यसैगरी सदस्यमा दिवाकर थापा (स्याङजा) अर्जुनकुमार श्रेष्ठ (तनहुँ) विमलमान गुभाजू(कास्की) र ईन्द्र सिग्देल (नवलपुर), ऋषिराम गौतम(कास्की), सन्जयकान्त सिग्देल(कास्की), सुमन पण्डित(नवलपुर), अतिशकुमार खड्क (तनहँु) र अजुर्नकुमार थापा (स्याङजा) रहेका छन् ।

 

शुक्रबार पोखरामा आयोजित प्रादेशिक क्रिकेट संघको विशेष साधारण सभालाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए ।