गण्डकी प्रदेशमा यस्तो छ एसईई रिजल्ट (सबै हेर्नुस्)

पोखरा, असार १२ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको थियो । बोर्डले बिहीबार प्रकाशित गरेको नतिजाअनुसार सामुदायिक तर्फ २ हजार ७ सय ९२ जनाले जीपीए ए प्लस ल्याउँदा निजीतर्फका १४ हजार ७ सय ८८ विद्यार्थीले ल्याउन सफल भएका छन् । त्यस्तै जीपीए ए ल्याउने सामुदायिकतर्फ ११ हजार २ सय २३ हुँदा निजीतर्फका ३९ हजार ९ सय १४ पुगेका छन् ।

२०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका थिए । गण्डकी प्रदेशमा कूल ४६ हजार ४४५ परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा छात्र २२ हजार ७८१ र छात्रा २३ हजार ६६४ जना रहेका छन् ।

यो प्रदेशमा १ हजार ८ सय १८ जनाले ए प्लस नतिजा ल्याएका छन् । जसमा १ हजार १ सय ३८ जना छात्र र ५ सय ४६ जना छात्रा छन् । ५ हजार ८ सय २४ जनाले ए ग्रेड पाएका छन् । ८ हजार १ सय १९ जनाले बी प्लस ल्याउँदा ९ हजार ९ सय १५ जनाले बी ग्रेड ल्याए ।

यो प्रदेशबाट सबैभन्दा धेरै ११ हजार १ सय २८ जनाले सी प्लस पाएका छन् । ७ हजार २ सय ३३ जनाले सी, १ हजार ७ सय ५५ जनाले डी प्लस, सबैभन्दा कम १ सय ९ जनाले डी र ५ सय ४४ जनाले ई ग्रेड ल्याएका छन् ।