गण्डकी प्रदेशका १८ ठाउँमा केबलकार सञ्चालन हुने

पोखरा, साउन २ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँबाट केबलकार बनाउन अनुमतिका लागि आवेदन परेपनि १८ ठाउँमा सम्भाव्यता देखीको छ । केबलकार बनाउने प्रस्ताब सहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको बुझ्न अध्ययन गरेको थियो ।

केबलकार निर्माणको क्षेत्रमा लामो समय अनुभव बटुलेको रोप वे नेपाल कम्पनीलाई प्रदेशभित्र सम्भावित केबलकार बनाउने ठाउँको अवस्थाबारे अध्ययनको जिम्मा दिइएको थियो । कम्पनीले पहिलो चरणको अध्ययनबाट गण्डकी प्रदेशका १८ ठाउँमा भौगोलीक अवस्था अध्ययन गर्दा उपयुक्त रहेको निस्कर्ष निकालेको हो ।

अध्ययन गरेको प्रतिबेदन प्रदेश सरकारलाई कम्पनीले बुझाएको छ । वीरेठाँटीदेखि मुक्तिनाथसम्म विश्वकै सबैभन्दा लामो केवलकार निर्माण हुँदैछ भने पोखराको सराङकोटमा निर्माणाधीन केवलकार अन्तिम चरणमा पुगेको छ । यस्तै बन्दीपुर र पञ्चासेमा निर्माणको काम अघि बढेको छ ।