गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टी

पोखरा, भदौ १८ ।
गण्डकी प्रदेशसभाका एक सांसदलाई कोरोना पुष्टी भएको छ । क्षेत्रीय क्षयरोग केन्द्रमा गरिएको परीक्षणका क्रममा उनलाई कोरोना पुष्टी भएको हो ।

केहि समयअघि प्रहरीसँगै उनले खाएका थिए । सँगै खाना खाएका प्रहरीलाइ कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका सांसदलाई पनि कोरोना पुष्टी भएको हो ।

उनीअहिले डेरामै सुरक्षित बसिरहेका छन् । ‘मलाई कुनै स्वास्थ्य समस्या छैन । आराम छु,’ उनले भने, ‘घरमै बसेको छु । कतै निस्किएको छैन ।’ सांसदलाइ काेराेना देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरुकाे कन्ट्याक्ट ट्रेसिङकाे काम भैरहेकाे छ ।