गण्डकी प्रदेशः १ घण्टामा कार्यक्रम सक्नुपर्ने, फूलमाला र अविरमा पनि कडाई

पोखरा, असोज २९ ।
गण्डकी प्रदेशभित्र हुने प्रत्येक सरकारी कार्यक्रम बढीमा १ घण्टासम्म मात्रै गर्नुपर्ने नियम आएको छ । गण्डकी सरकारले १ घण्टाभन्दा लामो कार्यक्रम गर्न नपाउने गरी सार्वजनिक निकायको औपचाकि बैठक तथा समारोह सञ्चालन निर्देशिका स्विकृत गरेको हो ।

निर्देशिका अनुसार २० मिनेटभन्दा लामो आसन ग्रहणको कार्यक्रम गर्न नपाईने भएको छ भने बक्ताहरु बढीमा ३ जना मात्रै राख्नुपर्ने छ । यस्तै, औपचारिक कार्यक्रममा फूलमाला, खादा र अविरलाई निरुत्साहित गरिएको छ ।

‘सकभर नलगाउने लगाएपनि एकचिजमात्रै लगाउन पाईन्छ,’ सरकारका प्रबक्ता रामशरण बस्नेतले भने, ‘एउटै कार्यक्रममा दिनभरी वित्छ । त्यसैले कार्यक्रमको अवधी तोकेरै १ घण्टामा झारेको हो ।’ मन्त्रीपरिषद् बैठक २ साता अघि बसेको हो ।