गण्डकी कांग्रेसको उपनेतामा विन्दु थापा मनोनित

पोखरा, जेठ १२ ।

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनित भएका छन । उनलाई नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उपनेतामा मनोनयन गरेका हुन् ।

२०७९ को आमनिर्वाचनमा कास्की क्षेत्र नम्बर २(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा यसअघि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री थिए ।

थापालाई नेपाली काङ्ग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा ६ बमोजिम दलको उपनेतामा मनोनयन गरिएको हो।