गण्डकीले ल्यायो ३० अर्वको बजेट

पोखरा, असार १ ।
गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ३० अर्वको बजेट ल्याएको छ । अघिल्लो वर्ष भन्दा झण्डै ५ अर्व घटाएर यो वर्ष ३० अर्व ३ करोड बजेट ल्याएको हो । बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड र पुँजीगत तर्फ १६ अर्व ७३ करोड छ । २४ करोड वित्तिय व्यवस्थापनमा खर्च हुने अनुमान गरिएका छ ।

यसका लागि नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदानबाट ७ अर्व ४२ करोड पाएको छ भने शसर्त अनुदान ४ अर्व १८ करोड, समपुरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजश्व बाँडफाँट ७ अर्व ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान छ ।

प्रदेशले ४ अर्व ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यो वर्ष खर्च नहुने २ अर्व १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्व मध्ये आन्तरिक ऋण १ अर्व र नेपाल सरकारबाट १ अर्व ऋणबाट पुर्ति गरिने अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए । अधिकांश बजेट बास्केटमा राखिएको छ ।