गण्डकीमा ३ जिल्ला संक्रमण मुक्ता, संक्रमित १८ सय नाघे

पोखरा, भदौ ५ ।
मनाङ र मुस्ताङमा १\१ जना मात्रै संक्रमित थिए । त्यो पनि बाहिरबाट संक्रमित भएर गएका । उनीहरु निको भएपछि धेरै महिनादेखि यो दुई जिल्लामा संक्रमण देखिएको छ । पटक पटक आशंकामा पिसिआर गरिएपनि संक्रमण पुष्टी भएन ।

अहिले म्याग्दी जिल्ला पनि संक्रमण मुक्त भएको छ । म्याग्दीमा ४८ जना संक्रमित भएका सबै निको भएका छन् । त्यसै गरी मानङ र मुस्ताङमा १÷१ जना संक्रमित भएकामा निको भइसेकेका छन् । अहिले सम्म १ हजार ५ सय ७५ जना निको भएर घर फर्किएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रदेशभरिमा हालसम्म नवलपुरमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । ३ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । बाग्लुङमा अहिले सम्म २ सय ७८ जनामा देखिएको छ भने ३० जना आइसोलेसनमा छन् । त्यसै गरी कास्कीको २ सय ६९ जना संक्रमित छन् भने १ सय ८ जना आइसोलेनमा छन् । त्यसै गरी तनहुँमा २ सय २५ संक्रमित भएका छन् भने ३८ जना आइसोलसनमा छन् । गोरखा १ सय १८ जना संक्रमित भएका छन् भने १ जना आइसोलेसनमा छन् ।

लमजुङमा १ सय १६ जना संक्रमित मध्ये ५ जना आइसोलेसनमा छन् । पर्वतमा १ सय ५ जनामा संक्रमित भएका छन् भने ७ जना आइसोलेसनमा उपचाररत छन् । गण्डकी प्रदेशमा १ हजार ८ सय २३ जनामा अहिले सम्म कोरोना संक्रमण पुष्टि भएको छ ।