गण्डकीमा २ कोरोना संक्रमितको मृत्यु

पोखरा, कार्तिक ५ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषको हिजो विहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो भने म्याग्दीको धवलागिरी गाउँपालिका ७ का ८५ बर्षीय पुरुषको राती मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

File Photo