गण्डकीमा र्यापिड टेष्ट तीब्र, शंका लागेपछि एक महिलाको पुन परीक्षण गरिने

पोखरा, चैत ३० ।
बागलुङमा एक महिलाको कोरोना परीक्षण गर्दा शंका लागेपछि पुनः परीक्षणका लागि पोखरा ल्याईने भएको छ । परीक्षण गरिएकामध्ये अरु सबैको नेगेटिभ आएको र एक महिलाको शंकास्पद भएपछि स्वाब लिएर पोखरा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जानकारी दिए ।

उनका अनुसार काठेखोला गाउँपालिका की ६५ बर्षिय महिलामा शंकास्पद रिपोर्ट देखिएको हो । उनको पिसीआर मेसिनमा परीक्षण गरेपछि मात्रै पुष्टी हुने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

भारत तीर्थ गरेर फर्किएकी ति महिलाको परिवारका अन्य सदस्यको नतिजा भने नेगेटिभ आएको छ । आरडिटी बाट गरिएको परीक्षणबाट पुष्टी गर्न भने मिल्दैन । पोजिटिभ देखियो भने पुष्टीका लागि ल्यावमा पठाउनुपर्छ । भोलि दिउँसोसम्ममा नतिजा आउने शर्माले बताए ।

गण्डकीमा हालसम्म १ हजार ३सय ८२ जनाको ¥यापिड टेष्ट गरिएको छ । सबैभन्दा धेरै बागलुङमा ६ सय ७५ जनाको टेष्ट गरिएको छ । नियमित परीक्षणमा ३ सय ६५ जनाको परीक्षण भैसकेको छ । ३ सय ९ जनाको नेगेटिभ छ भने २ जना कोरोना पोजिटिभ छन् । बाँकी ५४ जनाको नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।