गण्डकीमा थपिए २१ संक्रमित

पोखरा, साउन ३१ ।
गण्डकी प्रदेशमा पछिल्लो पटक २१ संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार विहान २१ जनामा संक्रमण पुष्टी भएको हो ।

क्षेत्रीय क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा तनहूँका २० र स्याङजाका १ गरी २१ जना संक्रमित भेटिएका हुन् । तनहूँको भानु नगरपालिका १ का १४ पुरुष र ६ महिला तथा स्याङजाको पुतलिबजार १ का १ पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित बढ्दै गएपछि भानु क्षेत्रमा आवतजावत नै रोक्ने तयारी गरिएको बताईएको छ । ठाउँठाउँमा अघोषित रुपमा लकडाउन पनि गरिएको छ ।