गण्डकीमा कोरोनाको नयाँ भेरियण्ट, सचेत रहन आग्रह

पोखरा, असार २७ ।
गण्डकी प्रदेशमा पनि कोरोनाको नयाँ भेरिण्ट भेटिएको छ । यहाँका दुई जिल्लामा ५ जनालाई डेल्टा भेरियण्ट देखिएको हो ।

स्याङजा कालिगण्डकी गाउँपालिकाका दुई पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा नयाँ भेरियण्ट देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ ।

नयाँ संक्रमण बढी जटिल भएकाले सचेत हुन आग्रह गरेको छ ।