गण्डकीमा एकपछि अर्का मन्त्री बर्खास्त, खड्कालाई हटाए मुख्यमन्त्रीले

पोखरा, कात्तिक २९ ।
गण्डकी प्रदेशका मन्त्रीहरु एकपछि अर्को गरी बर्खास्तमा परेका छन् । केही समयअघि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार भौतिक पुर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका हुन् ।

स्रोतका अनुसार मन्त्री खड्काले कास्की २ (ख) बाट उम्मेदवार बनेका विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ । खड्का अघिल्लो वर्ष जेठ २९ गते मन्त्रीमा नियुक्त भएका थिए ।