गण्डकीको नीति तथा कार्यक्रम पारित

पोखरा, असार १ ।
गण्डकी सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार पेस भएको नीति तथा कार्यक्रममाथी मंगलबार केहि सांसदहरुले छलफल गरेका थिए ।

सरकारले कोभिड लक्षित नीति तथा कार्यक्रम पेस गरेको हो । कोभिड १९ संक्रमणबाट बाबू आमा गुमाएका बालबालिकालाई नगद राहत दिने सरकारको घोषणा छ । कति रकम दिने भन्ने बजेटमा व्यवस्था हुनेछ ।

यस्तै, कोभिड महामारी विरुद्ध खटिएका र उत्कृष्ट काम गरेका स्वास्थ्य कर्मीहरुलाई ‘कोरोना फ्रन्टीएर सर्वोत्कृष्ट सेवा पुरस्कार’ दिने घोषणा गरेको छ । कोभिड १९ को विरुद्ध खोपको व्यवस्थापन सरकारले गर्ने बताएको छ ।

विपक्षीले भने नगद राहत दिने कार्यक्रम गलत भएको टिप्पणी गरेको छ । यसबाहेक पूर्वाधार र शिक्षामा पनि जोड दिईएको छ ।