गण्डकीको नीति कार्यक्रम–पूरानै प्राथमिकता निरन्तर (पूर्ण पाठसहित)

पोखरा, जेठ २४ ।
पर्यटन, उर्जा, कृषि, भौतिक पूर्वाधार र स्वरोजगारलाई प्रदेश समृद्धीको प्रमुख आधार मानेर गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले नीति तथा कार्यक्रम प्रश्तुत गरे । पर्यटनबाटै प्रदेशको समृद्धी हासिल हुने उद्घोष सहित सरकारले पदमार्ग, सडकमार्ग र हवाईमार्गको स्तरोन्नती गर्ने नीति अवलम्बन गरेको छ ।

उर्जा, कृषि, भौतिक पूर्वाधार र स्वरोजगारलाई प्रदेश समृद्धीको प्रमुख आधार मानेर सोही अनुसार नीति तथा कार्यक्रम बनाईएको छ । विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्ने, तीनबर्षभित्र मूख्य कृषिमा आत्मनिर्भर हुने, पोखरा चक्रपथ र उत्तर दक्षिण कोरिडोर निर्माणलाई प्राथमिकताका साथ अधि सारिएको छ ।

एकबर्षभित्रै प्रदेशका सबै घरमा धारा पु¥याउने, दुई बर्षमा आवश्यक सबै ठाउँमा झोलुङ्गे पुल बनाईसक्ने, प्रत्येक स्थानीय तहका औद्योगिक क्षेत्र स्थापना, एक स्थानीय तह एक उत्पादन, गण्डकी विश्वविद्यालय स्थापना गर्ने सरकारको लक्ष्य छ ।

मनाङ, मुस्ताङ र उत्तरी गोरखालाई फिल्म सिटी र स्याउ पकेट क्षेत्र बनाउने, पोखरा–काठमाण्डौं–लुम्बिनीलाई गौतम बुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गरिने छ भने एक घर एक सदस्य हुने गरि सहकारी संस्थाको विस्तार गर्ने सरकारको नीति छ ।

अहिलेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दल चाहीँ सन्तुष्ट छैनन् । प्रमुख प्रतिपक्षी दल काँग्रेसका संसदीय नेता कृष्णचन्द्र नेपाली पोखरेलले पूरानै नीति कार्यक्रममा भाषिक हेरफेर गरेको प्रतिक्रिया दिए ।

बजेट खर्च न्यून हुँदा चालू बर्षको अधिकांश नीति तथा कार्यक्रम कार्यान्वयन भएको छैन । त्यसैले पूरानै कार्यक्रमले निरनतरता पाएको सरकारले जनाएको छ । चालू बर्षको कार्यक्रम बढी ब्यवहारिक भएकोले सवै कार्यान्वयन हुने गरि बजेट विनियोजन हुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
pradesh_niti_tatha_karyakram