गण्डकीको नीति कार्यक्रमः लोकल रक्सी ब्राण्डिङ, गाँजा खेतीको अध्ययन

पोखरा, जेठ २१ ।
गण्डकी सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न नीति तथा कार्यक्रममा समावेश गरिएको हो । कानूनले गाँजाखेती बर्जित छ । खेती गर्न आवश्यक कानूनी प्रबन्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, सरकारले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने नीति अघि सारेको छ । ‘आधुनिक प्रविधिको प्रयोग गरी घरेलु मदिराको गुणस्तर वृद्धि गर्दै ब्राण्डिङ गर्न आवश्यक कानूनी व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

आइतबार प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रश्तुत गरे । सरकारले कृषि र स्वास्थ्यलाई बढी जोड दिएको छ ।