गगन थापामाथी बम बिस्फोट, शिक्षण अस्पताल भर्ना

काठमाडौं, मंसिर १८ ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई लक्षित गरी भएको बम विस्फोटमा ४ जनालाई बढी चोट लागेको छ भने त्यसमध्ये २ जना गम्भीर घाइते छन् ।
विस्फोटमा परेका थापाको ढाड र कानमा चोट लागेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा सुवास आचार्यले बताए। उनका अनुसार अस्पताल र्पुयाइएका ११ जनाको उपचार भइरहेको छ । त्यसमध्ये एक जनाको रक्तनली फुटेका कारण शल्यक्रियाका लागि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा लगिएको छ ।
अन्यको आकस्मिक कक्षमा उपचार भइरहेको छ । विस्फोटमा परी थापासहित जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा र सुमन खड्का घाइते भएका हुन् ।
त्यसमध्ये जयराज, राजकाजी, रेणु र श्यामलाई बढी चोट लागेको छ । सोमबार बिहान काठमाडौंको बुढानीलकण्ठस्थित चपली हाइट नजिकै बस्तीमा विस्फोट भएको थियो।