खाना खुवाउने अभियानमा सांसद पहारीको सहयोग

पोखरा, बैशाख ८ ।
कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदुरी गर्ने र छाक टार्न समस्यामा परेकाहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सहयोग गरेका छन् । पौखरी स्वयमसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरणको काममा ७ बोरा चामल र तेल सहयोग गरेका हुन् ।

‘तत्कालको आवश्यक्ता पूरा गर्न सहयोग गरेको छु । आवश्यक परे अझै सघाउँछु,’ उनले भने, ‘समूहले गरेको कामप्रति मलाई खुशी लागेको छ ।’ कास्कीभित्र रहेका कसैलाई पनि खाने समस्या भए सम्पर्क गर्न उनले अपिल गरेका छन् ।