खाद्य सुरक्षा सम्बन्धी स्वास्थ्य प्रशिक्षण

 

पोखरा, मंसिर १ ।

पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको उत्तरी क्षेत्र कमिटीले व्यवसायीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै तनाव व्यवस्थापन र सन्तुलित आहार विहार र खाद्य सुरक्षा सम्बन्धी स्वास्थ्य प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले कार्यक्रमको उद्घाटन गर्दै सन्तुलित आहार विहारमा ध्यान दिने मानिश स्वास्थ्य रहने बताइन् । कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य रामजी बराल, पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष शारदा पराजुली, वडा नम्बर १९ का अध्यक्ष शोभामोहन बराल, नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारी, पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनार लगायतले मन्तव्य राखेका थिए ।

राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा भएकोकार्यक्रममा डा. विनोद पौडेल र डा. विद्या कायस्थले प्रशिक्षण दिएको अध्यक्षतामा पोखरा चेम्बर अफ कमर्श कास्कीका महासचिव उमराज बास्तोला जानकारी दिए । भेलाले पोखरा चेम्बर अफ कमर्श अन्तर्गत उत्तरी क्षेत्र कमिटी घोषणा गरेको छ । कमिटीको अध्यक्षमा विष्णुप्रसाद बास्तोला, प्रथम उपाध्यक्षमा सविन जिसी, द्वितिय उपाध्यक्षमा दिनेशकुमार चुल्यांजु, सचिवमा दुर्गा पोखरेल र कोषाध्यक्षमा कृष्णबहादुर खड्का चयन भएका छन् ।

कार्य समितिको सदस्यहरुमा रामजी तिवारी, शंकर बास्तोला, जानकी तिमिल्सिना, लक्ष्मी लम्साल, कपिल थापा, हिमलाल पौडेल, मौलाद्विन मियाँ, ललित ताम्राकार,लिलाधर आचार्य, राजु सुनार ऋषि पाठक रहेका छन् । कमिटीको सल्लाहाकारमा दामोदर रिमाल, बासुदेव दवाडी र दुर्गा आचार्य चयन भएका छन् ।