खाँड गृहमन्त्री बन्ने

पोखरा, असार २९ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँड गृहमन्त्री भन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेसबाट खाँड र माओवादीबाट जनार्दन शर्माले सपथ लिन लागेका हुन् ।

उनलाई गृहमन्त्री बनाउने कांग्रेस श्रोतले जनाएको छ । शर्मा भने अर्थ मन्त्री बन्ने छन् । मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ । उनीहरुको सपथ केहिबेरमा हुने छ ।