खत्रीको ‘दशैंमा आउ प्यारा’ बजारमा (गीत सहित)

बालकृष्ण सुवेदी
पोखरा, भदौ २० ।
बागलुङ यतिबेला चर्चामा छ । बीचबीचमा गाउने दुर्गेश थापा, गलबन्दी गाउने प्रकाश सपुत, सालको पात लेख्ने बसन्त थापा । नयाँ पुस्तासँग जोडिएका छन् । नयाँ र पूराना जोड्ने सेतुको काम भने बिष्णु खत्रीले गर्छन् ।

सामान्य परिवारमा जन्मिएका र परिवर्तनको सपना देखेका विष्णुका गीत झण्डै जनवादी गायकका जस्ता लाग्छन् । त्यसो त उनी आफै जनवादको वकालत गर्ने गायक हुन् । गाउँका पीडा शब्दमा उनेर परिवर्तनको पक्षमा महौल बनाउने खत्रीका ‘धागो उनिको’, ‘जम्बु कश्मीरमा’, ‘कि शास चाहियो–कि लास चाहियो’ जस्ता गीतहरु लाहुरे संस्कृतिसँग जोडिएका मात्र होईनन्, समाजका ऐनाजस्तै हुन् ।

उनै खत्रीले फेरि नयाँ गीत बाहिर ल्याएका छन् । नेपालीहरुको महान् चाड दशैं नजिकिँदै गर्दा ‘दशैंमा आउ प्यारा’ गीत ल्याएका हुन् । बैदेशिक रोजगारीमा गाँजिएको नेपाली यूवाहरुको दैनिकी बोल्ने गीत बजारमा उत्कृष्ट हुने उनको विश्वास छ ।