क्रान्तिकारी युवा लिगको कार्यक्रममा प्रहरी हस्ताक्षेप

मकवानपुर, फागुन २९ । नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिगको प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । लिगको ३ नम्बर प्रदेशले सोमबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १८ गुम्बाडाडाँमा आयोजना गरेको राजनितिक र शारीरिक प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको क्रान्तिकारी माओवादीले जनाएको छ ।
क्रान्तिकारी माओवादी ३ नं प्रदेशले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरी हस्तक्षेपको भत्र्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान दलाल प्रतिक्रियावादी सत्ताले प्रहरी मार्फत दमनपूर्ण हस्तक्षेप गर्ने कुचेष्टा गरेको छ ,सामाजिक फाँसिवादी केपि वली सरकारको कम्युनिष्ट मुखुण्डो उदाङ्गो भएको छ ।’
मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालको आदेशमा सहायक प्रहरी निरीक्षक बिनस चौधरीको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रममा हस्तक्षेप गरेको क्रान्तिकारी माओवादीले जनाएको छ । प्रहरी टोलीले युवाहरुको कार्यक्रम रोक्न धम्की दिएको पनि विज्ञप्तिमा उल्लेख छ। साथै माओवादीले यस्ता प्रकारका हस्तक्षेप पुनः दोहो¥याए उत्पन्न हुने सबै परिस्थितीको जिम्मेवार सरकार नै हुने कुरा पनि विज्ञप्तिमार्फत उल्लेख गरेको छ। उक्त युवा लिगको ३ नं प्रदेशस्तरीय प्रशिक्षण क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ ले उद्धघाटन गरेका थिए