क्यूकोशिन कराँतेमा श्रेष्ठ

पोखरा, असार ४ ।

नेपाल शिन क्यूकोशिन कराँते संघ कास्कीको नयाँ कार्यसमिति चयन भएको छ । संघको हालै बसेको एक भेलाले श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा सञ्जय बहादुर तामाङ, सचिवमा श्याँम लामिछाने, सह–सचिवमा राधिका कंडेल, कोषाध्यक्षमा सोनिका लामा र सदस्यहरुमा जगत श्रेष्ठ, ब्रजेश कसजु श्रेष्ठ, बिष्णु नेपाली, विलम भुजेल, मुक्ति बराल, नविन शेर्पा, बुद्धिमाया तामाङ र भोज बहादुर केसी रहेकाछन ।

कास्कीमा व्याकवेल्ट सहितका राष्ट्रिय स्तरको रुपमा पहिचान बनाएका करिब २५ जना खेलाडीहरु रहेको नेपाल शिन क्यूकोशिन कराँते संघ प्रदेश नम्बर ४ का प्रशिक्षक प्रमुख असोक लामा रुम्बाले बताए ।