‘को बन्छ करोडपति’ मा राजीव बने पहिलो करोडपति

पोखरा, बैशाख २९ ।
एपिवान टेलिभिजनले आयोजना गरेको को बन्छ करोडपति प्रतियोगितामा राजीव जैन पहिलो करोडपति बनेका छन् । आईतबार भएको प्रशारणबाट उनी पहिलो करोडपति बनेका हुन् । सोधिएका निर्धारित १५ वटा प्रश्नको सही उत्तर दिएर राजीव करोड जित्न सफल भए ।

प्रख्यात टेलिभिजन रियालिटि शो को बन्छ करोडपतिको ४१ औं श्रृखलामा उनले भाग लिएका हुन् । एपिवान टेलिभिजनबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको कार्यक्रमले पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबै परविारलाई टेलिभिजन सेट अगाडि बसाउन सफल भएको छ ।

सामान्यतया केविसि नेपालमा सोधिने प्रश्न कठिन नै भएको हो त भनेर केविसि टिमलाई सोच्नै पर्ने अवस्था आउँदै लाग्दा एक जना प्रतियोगीले एक करोड रुपैयाँ जित्न सफल भएपछि केविसि नेपाल तथा एसआरविएन परविारलाई ज्ञानको भण्डार नै भाग्य चम्काउने एक मात्र अचुक उपाय हो भन्नेमा विश्वस्त तुल्याएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतियोगितामा पहिलो करोडपति भएपछि राजीवले आफ्नो दिमागको जाँच गर्न सहभागी भएको बताएका थिए । उनले पैसा जित्न भन्दा पनि आफ्नो मेमोरी जाँचका लागि प्रतियोगितामा भाग लिएको बताए ।