को उठ्ला रवीन्द्रको क्षेत्रमा ?

पोखरा, भदौ २४ ।
महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ । कास्की २ बाट चुनाव लड्न ‘हेभिवेयट’ उम्मेदवारको चर्चा छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ । नेकपा कास्कीका एक प्रभावशाली नेताले गौतमलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको बताए ।

त्यसैगरी कांग्रेसबाट नेता धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा छ । गुरुङले सामाजिक सञ्जालमै समेत अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । यो समाचार कान्तिपुर दैनिकमा दीपक परियार र प्रकाश बरालले लेखेका छन् ।