कोरोना संक्रमितलाई व्ल्याक फंगस रोगको आतंक, आँखा फाल्नुपर्ने

एजेन्सी, जेठ १० ।
भारतमा ‘ब्ल्याक फंगसको संक्रमण तीव्र रुपमा फैलिएको छ । कोरोनाकै चपेटामा फसिरहेको भारतमा अर्को रोगको प्रकोप फैलिएको हो ।

भारतका २९ राज्यमा यो रोग पुगिसकेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । ८ हजार ८ सय जनाभन्दा धेरैमा रोग देखिएको छ । खासगरी कोरोना संक्रमण भएकाहरूमा यो रोग देखिन थालेको छ ।

कोरोना निको भएको १२ देखि १८ दिनमा यसको संक्रमण हुन सक्ने अनुमान गरिएको छ । यो रोग लागेपछि संक्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको डाक्टरले बताएका छन् ।