कोरोना संक्रमितको संख्या ५१६ पुग्यो, शुक्रबार मात्रै ५९ जना थपिए

काठमाण्डौं, जेठ ९ ।
नेपालमा कोरोना संक्रमित शुक्रबार मात्रै ५९ जना थपिएका छन् । एकैदिन संक्रमित देखिएको यो हालसम्मकै सबैभन्दा धेरै संख्या हो । हालसम्म मुलुकभर कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सर्लाही जिल्लामा १५, बाँकेमा १४ जना, कपिलवस्तुमा ९, बारामा ६, कैलाली र नवलपरासीमा ३\३, चितवनमा २, नवलपरासी पूर्व, सप्तरी, भक्तपुर, मोरङ, डडेल्धुरा, बैतडी र मकवानपुर जिल्लामा १\१ जना संक्रमित भेटिएका छन् ।