कोरोना भाइरस नियन्त्रणमा नआएपछि हुबेई प्रान्तका सरकारी अधिकारी बर्खास्त

 

एजेन्सी, फागुन २ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि चीनले हुबेई प्रान्तका उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको छ ।

पछिल्ला दिनहरुमा भाइरस प्रभावितहरुको संख्या बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तका शीर्ष राजनीतिक नेतृत्वलाई जिम्मेवारीमुक्त बनाएको हो ।

भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार तीन यस ६७ जना पुगेको बीबीसीले जनाएको छ । हुबेई प्रान्तको वुहान शहरबाट डिसेम्बरमा देखा परेको कोभिड नाइन्टीन भाइरसका कारण पछिल्ला दिनहरुमा करिव १५ हजार जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै कोभिड नाइन्टीनका कारण प्रभावित हुनेको संख्या ६० हजार पुगेको बताइएको छ । चीन बाहेक अन्य २५ देशमा पनि कोरोनाका बिरामी देखा परेको समाचारमा जनाइएको छ ।

चीन बाहेक हङकङ, फिलिपिन्स र जापानमा एक एक जनाको मृत्यु भएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले हुबेई प्रान्तबाहेक चीनका अन्य शहरमा कोरोनाका बिरामी नभएको स्पष्ट पारेको छ । कोरानाबाट प्रभावितहरुको मृत्यु दरमा कुनै परिवर्तन नआएको पनि डब्लूएचोले जनाएको छ ।