कोरोनाले गण्डकीमा थप एकजनाको मृत्यु

पोखरा, भदौ २ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । तनहुँ व्यासकी ५० बर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

सोमबार राती मृत्यु भएकी ति महिलाको पिसिआर रिपोर्ट मंगलबार विहान मात्रै आएको हो । आइतबार कास्की सेवा अस्पतालमा भर्ना भएकी ति महिलाको सोमबार मृत्यु भएको कास्कीका प्रहरी प्रबक्ता सुवास हमालले जानकारी दिए । उनको शव अस्पतालमै छ । दाहसंस्कारको तयारी भैरहेको हमालले बताए ।

योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । प्रदेशमा हालसम्म १ हजार ७ सय ६४ जना संक्रमित छन् ।

File Photo