कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने

पोखरा, जेठ २१ ।
ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको परिवारलाई १ लाखका दरले रकम दिने भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गरि नगर प्रमुख चिरिबाबु महर्जनले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँ दिने घोषणा गरेका हुन् ।

त्यस्तै आइसियु तथा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई जनही ५० हजार र अस्पताल भर्ना भएर कोभिड जितेका प्रत्येक व्यक्तिलाई २५ हजार रुपैयाँ प्रदान गरिने महानगरले जनाएको छ ।