कोरोनाबाट एकैदिन ८ जनाको मृत्यु

काठमाण्डौं, भदौ ८ ।
कोरोनाको संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा संक्रमितको मृत्यु संख्या ८ पुगेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी श्वाश प्रश्वाशका विरामी थिए । काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

झापा, पर्सा र सर्लाहीका एक/एक जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १ सय ५३ पुगेको छ ।

File Photo