कोरोनाबाट एकैदिन ११ को मृत्यु, भयावह बन्दै संक्रमण

पोखरा, साउन २८ ।
कोरोना भाइरसबाट एकैदिन ११ जनाको मृत्यु भएको छ । यो नेपालमा एकैदिन मृत्यु हुने सबैभन्दा ठूलो तथ्यांक हो ।

पछिल्लो २४ घण्टाभित्र किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा एक÷एक जनाको मृत्यु भएको छ । यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भयो भने महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म २४ हजार ४ सय ३२ संक्रमित छन् । ९२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।