कोरोनाको कहरलाई अवसरका रुपमा लिदै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन ।
कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश श्रेष्ठ सहित केही युवाहरुले कोरोनाको कहरलाई अवसरका रुपमा लिने उद्देश्य सहित पोखराको सिर्जना चोकमा स्वीट होम नेपाली खाजा तथा खाना घर सञ्चालनमा ल्याएका हुन ।

पोखरामा लामो समयदेखी यातायात ब्यवशाय सञ्चालन गर्दै आएका श्रेष्ठ, लकडाउन अगाडि जापानबाट नेपाल आएकी कौशिला गुरुङ र दुर्गा गुरुङलले कोरोनाको कहरलाई अवसरका रुपमा लिनुपर्छ भन्ने अभिप्रायका साथ सानो लगानीमा उक्त खाजा घर सञ्चालनमा ल्याएका हुन । साउन १५ देखी लकडाउन केही खुकुलो बनेपछि आफुहरुले ४० लाखको लागतमा ब्यवशाय सुरु गरेको र सामाजिक दुरी कायम गरी टेक वे सिस्टममा खाजाका परिकारहरु विक्री वितरण गर्दै आइरहेको खाजा घरका सञ्चालक रमेश श्रेष्ठले वताए ।

आफु लामो समयदेखी यातायात ब्यवशायमा रहदै आउदा लकडाउनका कारण यातायात ब्यवशाय धरापमा परिरहेको वेला कोरोनाको कहरलाई अवसरका रुपमा लिनुपर्छ भन्ने उद्देश्यले दुइजना पार्टनरलाई साथ लिएर ४० लाखको लगानीमा खाजाघर सञ्चालनमा ल्याएको श्रेष्ठले वताए । स्वीट होम नेपाली खाजा तथा खाना घरमा शुद्ध नेपाली खानाका परिकार, नेवारी खाना तथा खाजाका परिकार तथा खाजाका परिकारहरु मम, चाउमिन, वर्गर, पिजा संगै सुकुटीका परिकारहरु समेत पाइने सञ्चालकले जनाएको छ ।