कोरोनाकै बेला नाइट क्लवमा पार्टी, प्रहरी छिरेपछि भागदौडमा १३ को मृत्यु

एजेन्सी, भदौ ८ ।
कोरोना भाइरसको प्रतिबन्द कायम रहेका बेला पेरुमा एक नाइट क्लवमा पार्टी गरिएको छ । प्रतिबन्ध उल्लंघन गर्दै गरिएको पार्टीमा प्रहरीले छापा मार्दा भागदौडमा परि १३ जनाको मृत्यु भएको छ ।

लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु भाग्ने क्रममा यो घटना भएको हो । प्रत्यक्षदर्शीहरुले अश्रुग्यास प्रयोग भएको जनाएका छन् । यता, राष्ट्रपति मार्टिन भिजकाराले पक्राउ परेका २३ जनामध्ये १५ जना कोरोनाभाइरस संक्रमित रहेको पाइएको बताए । अब छापा मार्दा संलग्न प्रहरीको पनि कोरोना जाँच गरिनेछ ।