कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु

पोखरा, चैत ९ ।
कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । पुर्व गोर्खा सैनिक संखुवासभा खाँदबारी घर भई लण्डनमा बस्दै आएका ६६ बर्षिय लीलाबहादुर राइको मृत्यु भएको हो ।

उनको लन्डनस्थित नर्थ्विक पार्क अस्पतालमा निधन भएको वीनेपाली डटकमले लेखेको छ । राई केही दिनअघि मात्र अस्पतालबाट घर फर्किएका थिए । मंगलबार उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि पुनः अस्पताल लगिएकोमा साँझ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो । सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका राईको आर्मी नम्बर २११६०५८१ थियो । उनी श्रीमती र छोराबुहारीका साथ बेलायतमा बसोबास गरिरहेको बताइएको छ ।