कोरियामा एक नेपालीको मृत्यु

साउथ कोरिया, कार्तिक १० ।
दक्षिण कोरियामा काम गर्न गएका एक युवकको हृदयघातका कारण मृत्यु भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–९ का आङकामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको हो ।

हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको दक्षिण कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले जानकारी दिए ।

मृतक शेर्पा सन् २०१६ मा कोरिया प्रवेश गरी अवैधानिक बसोबास गर्दै आएका थिए ।