किन खिइन्छ घुँडाको हड्डी ? कारण र समाधान

डा अविरोध रानाभाट
काठमाण्डौं, असोज ३० ।
’डाक्टर साब, धेरै भयो घुँडा करकरी दुख्न थालेको, उठे बस्न हुँदैन, बसे उठ्न हुँदैन । हड्डी नै जाम भए जस्तो हुन्छ । चिसो पानी खेलाउँदा त झन् भुतुक्कै हुन्छु । के भयो के भयो ।’

बढ्दो चिसोसँगै यस्ता समस्या लिएर आउने बिरामी हरेक अस्पतालमा बढ्न थालेका छन् । यो समस्या विशेषतस् हरेक वर्षको हो ।

संसारभरि विभिन्न अस्पतालमा गरिएका अनुसन्धानका आधारमा हरेक वर्ष जस्तो घुँडा र जोर्नीको समस्या लिएर आउने बिरामीको चाप बढ्दो छ । जोर्नी र घुँडा दुख्ने अनेकौं कारणमध्ये घुँडाको हड्डी खिइनु (ओस्टियोआर्थराइटिस) मुख्य कारण हो । हड्डी खिइनु प्रायस् बुढ्यौलीको रोग हो जुन महिलामा र अधिक वजनका मानिसमा बढी देखिन्छ ।

सामान्यतया यो समस्या ६० वर्ष काटेकाहरुमा बढी देखिन्छ । खिइएको हड्डीलाई पुरानै अवस्थामा लैजान नसके पनि संसोधित जीवनशैली, स्वस्थ तौल र केही उपचारहरू कायम राख्दा रोगको प्रगति ढिलो हुने, दुखाइ कम हुने र दैनिक कार्यमा सुधार गर्न मद्दत गर्छ ।

हड्डी खिइनुका (ओस्टियोआर्थराइटिस) जोखिम र कारण

ओस्टियोआर्थराइटिस तब हुन्छ जब हड्डीको छेउमा रहेको कुरकुरे हड्डी (कार्टिलेज) बिस्तारै बिग्रन्छ । कार्टिलेजले जोर्नीको हड्डीमा विनाघर्षण गति प्रदान गर्ने काम गर्छ । अन्ततः, जब यो घुँडाको कुरकुरे हड्डी पूर्ण रूपमा तल झर्छ, हड्डीले हड्डीमा घर्षण गर्न सुरु हुन्छ, जसले गर्दा घुँडाको हड्डी खिइन सुरु हुन्छ ।

पूरा पढ्नुस्