कास्की २ अपडेट : ७ ओटा वडाको मतगणना सकियो, नेकपा ८ हजार ५ सय २६ मतले अगाडी

 

पोखरा, मंसिर १५ ।

कास्की निर्वाचन क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । मतगणना अनुसार अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७, १६, १५ र ९ नं वडाको मत गणना सकिएको छ । ७ वटा वडाको मत गणना गर्दा नेकपाको अग्रता कायमै छ ।

वडा नं ९ को मतगणना पनि सकिएको छ । मतगणना अनुसार वडा नं ९ मा नेकपाले १५ सय ७ मत प्राप्त गरेको छ नेपाली काङ्ग्रेसले ११ सय ३५ मत ल्याएको छ ।

७ वटा वडाको मतगणना सकिँदासम्म नेकपाले २० हजार ७ सय ८७ मत ल्याई अग्र स्थानमा छ भने नेपाली कंग्रेसले १२ हजार २ सय ६१ मत प्राप्त गरेको छ ।

यी दुईबीच पार्टीबीचको मतान्तर ८ हजार ५ सय २६ रहेको छ । अब वडा नं ४, ७ र ८ नतिजा आउन बाँकी छ ।