कास्की प्रदेश ४ स्तरीय उपराष्ट्रपति ‘चिल्डे«न गेम्स’को च्याम्पियन

पोखरा, जेठ ८ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति आयोजनामा मंगलबार सम्पन्न प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे«न गेम्सको च्याम्पियन कास्की भएको छ । कास्कीले सहभागी प्रदेश ४ का ११ जिल्लालाई उछिन्दै च्याम्पियन बनेको हो । कास्कीले करातेमा ७ स्वर्ण र १ काश्य, तेक्वान्दोमा ६ स्वर्ण, उशुमा ३ स्वर्ण, १ रजत र २ काश्य र एथलेटिक्समा १ रजत गरि कुल १६ स्वर्ण २ रजत र ३ काश्य पदक ल्याएको थियो । कास्की बाट एथलेटिक्समा एक मात्र रजत पदक रेवाज श्रेष्ठले ल्याएका थिए । कास्कीले ओभरअल नतिजामा एथलेटिक्समा कमजोर पदर्शन गरेको छ ।

यसैगरि स्याङ्गजा ६ स्वर्ण, १ रजत र १ काश्य सहित दोश्रो बन्न सफल भएको छ भने बागलुङ्ग ३ स्वर्ण, ६ काश्य र २ रजत सहित तेश्रो भएको छ । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश ४ आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले प्रदेशको खेलकुद बिकासका लागि सरकार दृढता पूर्वक अघि बढेको बताउँदै प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता समेत जाहेर गरे । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले सिमित स्रोत साधनका बाबजुद प्रतियोगिताहरु संचालन कठिन भएको अबस्थामा पनि सबैले खेलकुद बाट भोलिका उज्याला दिनहरुको खोजी गरिरहेको बताए ।

प्रतियोगितामा बिजयी खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका प्रशिक्षण प्रमुख विद्या मर्सानी, जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगाएतले बिजेता खेलाडी तथा टिमलाई ट्रफी, मेडल, कप र प्रमाण प्रदान गरेका थिए । प्रतियोगितामा एथ्लेटिक्स, कराते, तेक्वाण्दो र उसु खेलका ४६ जना खेलाडीहरुलाई यहि जेठ १० र ११ गते काठमाण्डौंमा हुने केन्द्रिय स्तरीय चिल्डे«न गेम्सका लागि छनौट समेत गरिएको छ । प्रतियोगितामा प्रदेश ४ का विभिन्न विद्यालयका कक्षा ६, ७ र ८ मा अध्ययनरत करिब २ सय १२ जना बिद्यार्थी र ४५ जना अफिसियल गरि २ सय ५७ जनाको सहभागिता रहको थियो ।