कास्की उपचुनावः विवेकशीलकी शर्मालाई गुलावको फूल, दमैलाई डोजर

पोखरा, कार्तिक २६ ।
चुनाव चिन्ह विनै प्रचार गरिरहेका स्वतन्त्र सांसदलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएको छ । २५ जनाले उम्मेदवारी दिएकामा ३ जनाको समानुपातिकको बन्द सूचीमा नाम भएपछि उम्मेदवारी खारेज भएको थियो भने एकजनाले आँफै उम्मेदवारी फिर्ता लिएका थिए । बाँकी रहेका २१ उम्मेदवार मध्ये १० उम्मेदवार स्वतन्त्र छन् ।

विवेकशील नेपाली दलबाट उम्मेदवारी दिएकी जमुना शर्माको उम्मेदवारी पनि स्वतन्त्र छ । निर्वाचन आयोगमा पार्टी दर्ता नभएका कारण उनले स्वतन्त्र चुनाव लड्न लागेकी हुन् । शर्मालाई गुलावको फूल चुनाव चिन्ह दिईएको छ । यस्तै, उमनाथ गौतमलाई किताव, कमलजंग कुवँरलाई शंख, दीपक रेग्मीलाई क्यामेरा, नबराज बास्तोलालाई कलम चुनावी चिन्ह दिईएको छ ।

यज्ञप्रसाद पंगेनीलाई आँप, रनबहादुर दमैलाई डोजर, लक्ष्मी कुमारी भुजेललाई माहुरी, सुनिलबहादुर कोइरालालाई टेवुल र सुनिल भुषाललाई क्रिकेटको ब्याट चुनाव चिन्ह छ । उम्मेदवारले बर्णानुक्रम अनुसार चुनाव चिन्ह रोजेका थिए । सोही आधारमा चिन्ह प्रदान गरिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए । दलहरुले चाहीँ आयोगले दिएकै चुनाव चिन्हमा मत माग्नेछन् ।